Skip to content
LAXMI SUNRISE BANK

‘हाई रिस्क जोन’मा झापा-५, ‘हाई अलर्टमा’ सुरक्षा निकाय !

अर्थ सरोकार

काठमाडौँ । झापा-५ ‘हाई रिस्क जोन’मा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेको झापा-५ सुरक्षाका दृष्टिकोणले ‘हाई रिस्क जोन’मा परेको हो । 

उम्मेदवारी दर्तासँगै सामाजिक सञ्जाल (टिकटक, डिस्कर्ड) मा सार्वजनिक भएका हिंसात्मक अभिव्यक्ति र केही गतिविधिपछि जिल्ला प्रशासन कार्यालय झापाले झापा-५ लाई ‘हाई रिस्क जोन’मा राखेको छ ।

यसो त मंगलबार मात्र देशभर शान्तीपूर्ण रुपमा उम्मेदवारी दर्ता हुँदा झापा–५ मा रास्वपा र एमालेका समर्थकबीच सामान्य झडप भएको थियो । यद्यपि उक्त झडपमा कुनै भौतिक वा मानवीय क्षति भने भएन । 

तर, उम्मेदवारी दर्ताकै दिन झापा-५ मा भएको झडपपछि झापा-५ लाई ‘हाई रिस्क जोन’मा राखिएको छ । योसँगै झापा-५ मा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि ‘हाई अलर्ट’मा राखिएको छ । निर्वाचन अवधिमा झापामा ७ हजार ७ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK