Skip to content
LAXMI SUNRISE BANK

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

अर्थ सरोकार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह-संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । रौतहट-१ बाट उम्मेदवारी दिएका नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय, गौरमा उजुरी परेको हो ।

सोही निर्वाचन क्षेत्रका उम्मेदवार राम नरेश यादवले नेपालविरुद्ध उजुरी दिएका छन् । 

उक्त उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK