Skip to content
LAXMI SUNRISE BANK

पाँचथरमा ६६० कार्टुन मदिरासहित शंकर प्रसाईं पक्राउ

अर्थ सरोकार

काठमाडौँ । ६ सय ६० बोतल मदिरासहित एक जनालाई पक्राउ गरिएको छ । पाँचथरमा ५५ कार्टुनमा ६ सय ६० बोतल मदिरासहित शंकर प्रसाईंलाई पक्राउ गरिएको हो ।

प्रसाईं हिलिहाङ गाउँपालिका-२ का हुन् ।

प्रहरीका अनुसार प्रसाईंले सो मदिरा काठमाडौँदेखि ताप्लेजुङ गइरहेको बसमा लुकाएर लैजाँदै थिए । अवैध रुपमा मदिरा ओसारपोसार गरिरहेको सूचना आधारमा चेकजाँच गर्दा सो मदिरा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सो कार्टुनहरुबाट सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर ३३ कार्टुन, सिक्किमे गोल्ड ४ कार्टुन बरामद गरिएको छ । सो मदिरासहित शंकरलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय झापा बुझाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK