Skip to content
LAXMI SUNRISE BANK

अमेरिकाबाट थप ८० नेपाली निकालिए, १ करोड ४० लाख तिरेर तल्लो बाटो हुँदै अमेरिका पुगेको खुलासा !

अर्थ सरोकार

काठमाडौँ । अमेरिकाबाट थप ८० जना नेपाली देश निकालामा परेका छन् । अमेरिकाबाट देश निकालामा परेका ८० नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल फिर्ता आएका छन् ।

अमेरिकाबाट देश निकालामा परेका ८० जनामध्ये अधिकांश तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका पुगेको पाइएको छ । 

प्रहरीले गरेको अनुसन्धानका क्रममा उनीहरुले दलाललाई पैसा बुझाएर तल्लो बाटो हुँदै अमेरिका पुगेको बयान दिएका छन् । उनीहरुले दलाललाई एक करोड भन्दा बढी रकम तिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

केहीले एक करोड ४० लाख रुपैयाँसम्म खर्च गरेको पनि प्रहरीसँग बताएका छन् । ८० जनामध्ये एक जना महिला छिन् भने एक जना अध्ययन भिसामा अमेरिका पुगेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK