Skip to content
LAXMI SUNRISE BANK

ओलीको प्रश्न- ‘बालेनले झापाका लागि के गरेका छन् ?’

अर्थ सरोकार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई भोट दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोटा हाल्दा पनि धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने बताएका छन् ।

ओलीले झापाबासीलाई नचिनेको मान्छेलाई २०६४ मा मत दिँदा विकासमा पछि परेको स्मरण गराउँदै झापाका लागि बालेन शाहले के गरे ? भन्दै प्रश्न समेत गरेका छन् । उल्टै झापाका सुकुम्बासीहरुले आफूलाई झापाबाटै भगाउने हो कि भन्ने डर पैदा भएको गुनासो गरेको ओलीले बताएका छन् ।

ओलीले पर्यटक उम्मेदवारलाई नभएर स्थानीय उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । त्यस्तै, उनले बालेन शाह उम्मेदवार मात्र बनेको र त्यसले आफूलाई असर नगर्ने पनि दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK