काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निटकले नै पार्टी परित्याग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई सघाउन ओलीका अति निकट विश्वासपात्र तथा नेकपा एमालेका नेता डा. रामबाबु गिरीले पार्टी परित्याग गरेका हुन् ।
देशको वर्तमान अवस्थाका लागि केपी ओलीलाई मुख्य जिम्मेवार ठहर गर्दै उनले अब देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । गिरीले आफू परिवर्तनको पक्षमा भएकाले पार्टी परित्याग गरेको बताएका छन् ।
उनी झापास्थित बी एन्ड सी मेडिकल कलेजका अध्यक्षसमेत हुन् ।
झापा लगायतका देशका विभिन्न स्थानमा पार्टी परित्याग गरी रास्वपा प्रवेश गर्नेहरू बढेका छन् । मंगलबार मात्रै झापाको कमल गाउँपालिकाका नेपाली काँग्रेसका सचिव महेन्द्र बुढाथोकीले पार्टी परित्याग गरेका थिए ।
त्यस्तै, राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा र राष्ट्रिय युवा संघका उपाध्यक्ष बिजय तामाङले पनि एमाले परित्याग गरेर रास्वपा प्रवेश गरेका छन् ।
देशभरबाट एमाले, कांग्रेसलगायतका पार्टी त्यागनेहरु रास्वपा प्रवेश गरेर बालेनलाई सघाउने जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्