Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य तीन लाख नाघ्यो, एकैदिन ९ हजार २ सयले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ हजार २ सय रुपैयाँले बढेर तीन लाख १ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३२० रुपैयाँले बढेर प्रतितोला ६१९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५३०७ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK