काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै शुक्रबारबाट पोखरामा सुरु भएको राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ ।
टाइगर कप विगत पाँच वर्ष देखि निरन्तर आयोजना भइरहेको छ । गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो । मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ ।
‘टाइगर कपसँगको यो सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउछ, जुन स्थानीय स्तरमा नै हुर्किने प्रतिभासँग जोडिएको छ । यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने । खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा भने, ‘खेलकुदमा आफ्नो आबद्धतालाई निरन्तरता दिएर यो वर्ष पनि टाइगर कपमा हामीसँग सहकार्य गरेकोमा हामी एनसेलप्रति आभारी छौँ। यस्तै सहकार्य, सहयोग र योगदानले हामी देशकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता हुन सफल भएका छौँ ।’
छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोलीहरू प्रतिस्पर्धा गर्दैछन्। महिला तर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्टस क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन्। पुरुष तर्फ भने गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स रहेका छन् ।
यो प्रतियोगितामा विजेता हुने दुवै महिला र पुरुषतर्फका टोलीले आयोजकबाट समान प्रथम पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ दोस्रो पुरस्कार ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय पुरस्कार २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् ।
एनसेलले एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। एनसेलले भलिबल बाहेक क्रिकेट, फुटबललगायतका खेलहरूको विकासमा पनि विभिन्न सहकार्य गर्दै खेलकुदको विकासमा योगदान पुर्याएको छ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रही एनसेल फाउन्डेसनमार्फत पनी एनसेलले पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणमा सहयोग गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्