Skip to content
LAXMI SUNRISE BANK

देशमा चुनाव, एयरपोर्टमा विदेशिनेको लर्कोः ६ महिनामै नेपालबाट झण्डै ६ लाख नेपाली विदेशिए

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो ६ महिनामा झण्डै ६ लाख नेपाली विदेश गएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ५ लाख ९० हजार ७ सय १७ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार सो तथ्यांक श्रम स्वीकृति लिएर जाने नेपालीको हो । 

जसमध्ये ५ लाख १४ हजार ३ सय ५० जना पुरुष र ७६ हजार ३ सय ६८ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । पुष महिनामा मात्र कुल ६२ हजार ५ सय ५९ जना विदेशिएका छन् । जसमा ५५ हजार ५ सय ४१ जना पुरुष र ७ हजार १८ जना महिना छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK