Skip to content
LAXMI SUNRISE BANK

ओलीको पोस्टमा बालेनले लेखेको कमेन्टविरुद्ध निर्वाचन आयोगमा उजुरी, निर्वाचन आचारसंहिता उल्लंघन गरेको दाबी !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी परेको छ । शाहले निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोष्टमा गरेको कमेन्टमा प्रयोग भएका अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ ।

शाहले कमेन्टमा प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरु प्रमाण र अदालतको निर्णयबिनै लगाएको तथ्यहीन आरोप भएको उल्लेख गर्दै आवश्यक छानविन गरी कारवाही गर्न माग गरिएको छ ।

त्यस्तै, शाहले महोत्तरी लगायतका क्षेत्रमा चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिएको भन्दै उक्त कार्य पनि आचारसंहिता विपरीत भएको उजुरीमा दाबी गरिएको छ । शाहले दिएको अभिव्यक्ति र चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका गाडी प्रयोगबारे छानविन गरी आवश्यक कारवाही गर्न उजुरीमा माग गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK