Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् । उनलाई सरकारले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । 

उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन् ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षमा कामकाज गर्नेगरी नियुक्त गरिएको अर्यालले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK