Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ४२.५८ अंकले घट्यो नेप्से, बजार २७२६.५१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर खरिद बिक्री हुँदा रू. १४ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, ओम मेगाश्रीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK