Skip to content
LAXMI SUNRISE BANK

युवराज सफल पक्राउ

अर्थ सरोकार

काठमाडौँ । युवराज सफल पक्राउ परेका छन् । महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको विषयमा नकारात्मक, अपशब्द र गाली गरेको आरोपमा सफललाई पक्राउ गरिएको हो । 

सफललाई महान्यायाधिवक्ताको कार्यालय पठाएको पत्रका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीका अनुसार सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा सफललाई पक्राउ गरी आवश्यक कानूनी कारवाही गर्न भन्दै महान्यायाधिवक्ताको कार्यालयले माग ८ गते पत्राचार गरेको थियो । 

सोही पत्रका आधारमा सफललाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK