काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४५.७८ प्रतिशतले घटेको हो ।
पुस मसान्तसम्ममा बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८३ करोड पुगेको छ ।
समिक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशत र सञ्चालन मुनाफा ४४.६८ प्रतिशत घटेको छ । बैंकको खुद ब्याज आम्दानी भने २.२८ प्रतिशत र सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेको छ ।
सिटिजन्स बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९६ पैसाबाट घटेर ४ रुपैयाँ ६३ कायम भएको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्