काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुष मसान्तसम्म बैंकले कुल १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४.५९ प्रतिशतले बढेको छ ।
बैंकले प्रकाशिन गरेको वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २२.०५ प्रतिशतले घटेको छ । पुष मसान्तसम्म बैंकको खराब कर्जा ७.९४ प्रतिशत पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीपएस) ८ रुपैयाँ ६२ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्