Skip to content
LAXMI SUNRISE BANK

सामान्य बढ्यो ग्लोबल आइएमई बैंकको नाफा 

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.५० प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले कुल ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशत बढेको छ । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा झरेको छ । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा छ । 

पुस मसान्तसम्म बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ । यस अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ४ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । यस अधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK