काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.२९ प्रतिशतले घटेको हो । बैंकले यस अवधिमा कुल १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.५४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद सञ्चालन आम्दानी २.८५ प्रतिशत र सञ्चालन मुनाफा १६.२१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस ५ रुपैयाँ ३२ पैसाले घटेर २७ रुपैयाँ ३५ पैसामा झरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्