Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमले माग्यो ८० जना कर्मचारी

अर्थ सरोकार

काठमाडौँ । नेपाल टेलिकमले कर्मचारी माग गरेको छ । टेलिकमले शुक्रबार एक सुचना जारी गर्दै उप प्रबन्धकदेखि जुनिअर टेक्निसियनसम्मका ८० जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उप प्रबन्धक(टेलिकम) २ जना, उप प्रबन्धक (प्रशाशन) १ जना, बरिष्ठ इन्जिनियर २ जना, बरिष्ठ प्रशासकिय अधिकृत १ जना, बरिष्ठ लेखा अधिकृत ३ जना, टेलिकम इन्जिनियर (कम्प्युटर) ५ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रिकल) १ जना, इन्जिनियर (सिभिल) १ जना, सहायक प्रशासकिय अधिकृत ६ जना, सहायक लेखा अधिकृत ३ जना, ओभरसियर २ जना, सहायक २३ जना, टेलिकम टेक्निसियन १२ जना र जुनिअर टेक्निसियन १८ जना माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

परीक्षा दस्तुर ८ र ९ तहका लागि आठ सय ६ र ७ तहको लागि सात सय ४ र ५ तहको लागि पाँच सय र ३ तहको लागि तीन सय रूपैयाँ लाग्ने सुचनामा उल्लेख छ । समावेशी समूह ६, ७, ८ र ९ तहका लागि दुई सय र ३, ४ र ५ तहका लागि एक सय रूपैयाँ लाग्नेछ ।

यस्तो छ टेलिकमले जारी गरेको सुचना:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK