Skip to content
LAXMI SUNRISE BANK

शंकर पोखरेलले भने- ‘झापा-५ मा ओलीको जित निश्चित छ’

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा-५ मा केपी शर्मा ओलीको जित निश्चित भएको दाबी गरेका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमाले अध्यक्ष ओलीको जित निश्चित भएको दाबी गरेका हुन् । 

उनले झापा-५ मा एमालेलाई चुनाव जित्न कुनै कठिनाइ नभएको पनि बताएका छन् । ‘…झापा-५ मा हामी सुरक्षित छौँ । कुनै जोखिमको अवस्था छैन ।’, उनले भने ।

त्यस्तै, पोखरलेलले झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पक्षधरका मिडियाले मात्र हल्ला गरेको बताएका छन् । एमाले व्यवस्थित पार्टी भएको भन्दै उनले चुनावलाई एमालेले नै संस्थागत बनाउने काम गरिरहेको बताएका छन् ।

उनले एमालेले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK