Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य साढे ९ हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK