Skip to content
LAXMI SUNRISE BANK

डिप्रोक्स लघुवित्तको नाफा र प्रतिसेयर आम्दानी दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ८०.३० प्रतिशतले बढेको हो । दोस्रो त्रैमासमा लघुवित्तले कुल ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो । 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.५१ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.९४ प्रतिशत र सञ्चालन मुनाफा ७१.५१ प्रतिशत बढेको छ । 

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड १ लाख रुपैयाँ रिभर्स भएको छ । 

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको ईपीएस १८ रुपैयाँ ६१ पैसा बढेर ४७ रुपैयाँ ४१ पैसा पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.४२ गुणा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK