काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबिबिएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड भएको छ । माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेडको प्राङ्गणमा सेयर बाँडफाँड सम्पन्न भएको हो ।
३५ करोड रकम बराबरको उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रुपमा १.९ गुणा भन्दा बढीले आवेदन दिएका थिए । जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गरेको छ ।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि माघ १२ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ ।
अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्