Skip to content
LAXMI SUNRISE BANK

बालेनलाई लक्षित गर्दै ओलीले भने- ‘गुच्चा खेल्नेहरुले देश चलाउन सक्दैनन्, अनुभव चाहिन्छ’

अर्थ सरोकार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दाबी गर्नु हाँस्यास्पद रहेको बताए ।

देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको र देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने ओलीले दाबी गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै ‘एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु’ भनेर हिँडिरहेको टिप्पणी गरेका छन् । 

ओलीले अहिले पनि अमेरिकासहितका देशहरुमा अनुभव भएका व्यक्तिले नै सरकार चलाइरहेको दृष्टान्त दिएका छन् । ‘..केही नजानेका, गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरुलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे ।’, ओलीले भने, ‘अनुभव भएकाले नै देश चलाउने हो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK