Skip to content
LAXMI SUNRISE BANK

‘निजी क्षेत्र त्रसित भए मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्दैन’

अर्थ सरोकार

काठमाडौँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल खस्किए मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘जेन-जी आन्दोलनपछिको लगानीकर्ताको मनोबल’ सम्बन्धी सिम्पोजियममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 

उनले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन र मेरुदण्डको रूपमा परिभाषित गरेका छन् । 

नेपालको कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत योगदान र ८५ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले नै असुरक्षित महसुस गर्छ भने मुलुकमा समृद्धिको यात्रा सम्भव नरहेको मन्त्री सिन्हाको भनाइ छ । 

उनले भदौ २३ र २४ गतेको घटनापछि निजी क्षेत्रले व्यहोरेको ३४ अर्बको प्रत्यक्ष भौतिक क्षति र करिव ८१ अर्बको अप्रत्यक्ष आर्थिक क्षति सामान्य नरहेको उल्लेख गरेका छन् । ती घटनाहरूमा भएका क्षति भन्दा पनि लगानीकर्ताको खस्किएको आत्मविश्वास सरकारका लागि ठूलो चुनौती भएको मन्त्री सिन्हाले स्वीकारेका छन् । 

त्यस्तै, उनले न्यायालयको अवस्था र विवाद निरूपण संयन्त्र फितलो भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । सरकारले न्यायालयमा गर्ने लगानी न्यून रहेको भन्दै व्यावसायिक विवादहरू तत्काल हल गर्ने वातावरण नबनेसम्म ‘टाइम इज मनी’को अवधारणा सफल नहुने उनले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK