काठमाडौँ । निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको हो ।
निर्वाचनको प्रचार तथा मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतियोगितामा निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउने तीन जनालाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट तीन भिडियोलाई पहिलो, दोस्रो र तेस्रो गरी नगद पुरस्कार दिइने आयोगले जनाएको छ ।
पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ दिइने निर्वाचन आयोगले जनाएको छ । पहिलो, दोस्रो र तेस्रो स्थान भिडियोमा आउने भ्युजका आधारमा निर्धारण गरिनेछ ।
भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षाजस्ता विषय समावेश गर्नुपर्नेछ । एक मिनेटसम्मको भिडियो टिकटकसँगै युट्युबमा पनि अपलोड गर्नुपर्नेछ । सो भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल मा पठाउनुपर्नेछ । त्यसपश्चात आयोगले भिडियोको मूल्यांकन गरेर पुरस्कार दिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्