काठमाडौँ । ‘प्रहरी अपरेशन’ को नाटक गरेर काठमाडौँमा प्रहरीकै मिलेमतोमा लुटपाट भएको खुलेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर सुनारको योजनामा ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको हो ।
हाल ३८ वर्षीय सुनारसहित रसुवाको नौकुण्ड गाउँपालिका-३ पार्चा घर भइ काठमाडौँको तारकेश्वर-५ लोलाङ बस्ने ३२ वर्षीय विक्रम तामाङ, काभ्रेको रोशी गाउँपालिका-१० घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने २७ वर्षीय दीपक आले मगर र नुवाकोटको ककनी गाउँपालिका-७ घर भइ काठमाडौँ तारकेश्वर नगरपालिका-५ बस्ने बस्ने २८ वर्षीय जीवन तामाङ पक्राउ परेका छन् ।
प्रहरी हवल्दार सुनारको योजनामा उनीहरुले माघ १४ गते दिउँसै काठमाडौँ महानगरपालिका-१४ स्थित घ्याङलेखमा एक सुनचाँदी व्यवसायीको रकम लुटपाट गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुई महिनासम्म योजनाबद्ध रूपमा सुनको बिल र फोटो पठाएर व्यवसायीलाई विश्वासमा पारिएको थियो । बजार भाउभन्दा सस्तोमा सुन दिने प्रलोभन दिई एकान्त स्थानमा बोलाएर ‘डिल’ भइरहेका बेला प्र. ह. सुनारको समूहले आफूहरू सीआईबीको प्रहरी भएको भन्दै समूहले कुटपिट गरी ६० लाख रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका ४ जनाको साथबाट प्रहरीले ९ लाख ४२ हजार नगद, ५ थान मोबाइल, ३ थान मोटरसाइकल र १३ थान सिमकार्ड बरामद गरेको छ । हाल उनीहरुलाई प्रहरी वृत्त कालिमाटीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त लुटपाटमा संलग्न थप ५ जना फरार रहेको र उनीहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्