Skip to content
LAXMI SUNRISE BANK

वीर अस्पतालको इमरजेन्सीमा कार्यरत अर्का चिकित्सकमा पनि संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । केहि दिनदेखि ज्वरो आएर घरमै आराम गरेका उनमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ । 
शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् । यसअघि बिहीबार मात्रै वीरमै कार्यरत जनरल मेडिसिनका एक चिकित्सकमा कोरोना पुष्टी भएको थियो । अस्पतालमा उपचारत बिरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्ससहित ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK