काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको पूँजी बजारमा विद्यमान ‘दोहोरो आइजिन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा बोल्दै अग्रवालले यस्तो बताएका हुन् ।
उनले अन्तराष्ट्रिय अभ्यास अनुसार एउटै कम्पनीको सेयरको एउटै आइजिन हुनुपर्नेमा जोड दिएका छन् ।
विगतमा बैंक, बीमा तथा वित्तीय संस्थाहरुको संस्थापक र सर्वसाधारण सेयरका लागि अलग-अलग आइजिन नम्बर दिने नीति नै अहिलेको समस्याको जड भएको बताउका छन् । अध्यक्ष अग्रवालका अनुसार एउटै कम्पनीको सेयरमा दुईवटा मूल्य (ड्यूअल प्राइस) हुनुले बजारमा ‘स्पेकुलेसन’ (अनुमानित कारोबार) लाई बढावा दिएको छ ।
‘समान प्रतिफल दिने एउटै सेयरलाई नीतिगत हस्तक्षेपका माध्यमबाट एउटा वास्तविक र अर्को स्पेकुलेटिभ मूल्यमा लानु नै ठूलो गल्ती हो ।’, उनले भने ।
अर्कोतर्फ अलग-अलग आईजीनले बजारलाई विभाजित गर्ने र सेयरको तरलतामा कमी ल्याउने भन्दै अग्रवालले नेप्से सूचकांक गणनामा एउटै कम्पनीको सेयर फरक-फरक आइजिनबाट गणना गर्दा वास्तविक बजार अवस्था प्रतिबिम्बित नहुने पनि बताएका छन् । यसले बजार नियमन र सुपरीवेक्षणलाई कमजोर बनाउनुका साथै अनुगमन कार्यलाई जटिल बनाउने उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्