Skip to content
LAXMI SUNRISE BANK

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नपर्ने, परेकालाई हटाएर ऋण तिर्न मौका दिइने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋणी कालोसूचीमा समावेश नुहने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरे ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाइने पनि मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरे बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइनेछ ।’, समीक्षामा उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने पनि जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK