काठमाडौँ । हप्तामा एक पटकजसो केहि न केहि बिग्रिरहने इसेवामा यसपटक गम्भीर समस्या देखिएको छ । बिहीबार बेलुकीदेखि इसेवामा लग इन नै नहुने समस्या देखिएको हो ।
कम्पनीका कर्मचारीहरुले इसेवा वालेटमा समस्या देखिएको स्वीकार गरेका छन् । यद्यपी सामाजिक संजालमा गाली खाईने भएका कारण यसको जानकारी भने नदिईएको कम्पनीका कर्मचारीको दाबी छ ।
‘लग इन नै नहुने समस्या देखिएको छ, प्राविधिक टोलीले हेरिरहेको छ । हरेक हप्ता नयाँ नयाँ समस्या देखिईरहेको छ, फेरी अर्को नयाँ समस्या देखिएको छ ।’ इसेवाका कर्मचारीले भने, ‘रातीसम्म समस्याको समाधान होला । तर दिक्क लागिसक्यो ।’
जगदीश खड्का सीइओ भएपछि इसेवामा महिनैपिच्छे सिरियस समस्या देखिईरहेका छन् । कुनै बेला वालेटमा समस्या आउँदा जानकारी दिने इसेवाका लागि वालेट बिग्रिनु र मौसम बदलिनु उस्तै हुन थालेपछि सोको जानकारी दिन छोडिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्