काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले जनताले पुराना राजनीतिक दललाई सबक सिकाएको प्रतिक्रिया दिएका छन् ।
झापा–५ बाट उम्मेदवारी दिएका तामाङले आफू हार्ने पक्का भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले जनताले पुराना दललाई सबक सिकाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अवसर दिएका बताएका छन् ।
त्यस्तै, उनले जनताको जनमतको सम्मान गर्दै लोकतन्त्रको मजबुदीकरण र देशको संकटको निकासका लागि आफू हारेर पनि देशलाई जिताउन जरुरी भएको बताएका छन् ।
झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जित्ने निश्चित देखिएको छ । पछिल्लो मतगणना परिणाम अनुसार बालेन ओली भन्दा दोब्बर मतले अघि छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्