Skip to content
LAXMI SUNRISE BANK

रुपन्देही-२: जम्मा ९ हजार मत ल्याएका काँग्रेसका चुन्नप्रसादको चुनावी खर्च भने २४ लाख ४३ हजार !

अर्थ सरोकार

काठमाडौँ । रुपन्देही-२ बाट उम्मेदवारी दिएर हारेका नेपाली काँग्रेसका चुन्नप्रसाद शर्माले चुनावमा २४ लाख बढी खर्च गरेको पाइएको छ । शर्माले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण अनुसार उनले चुनावका लागि कुल २४ लाख ४३ हजार ८ सय २३ रुपैयाँ खर्च गरेको देखिएको हो ।

शर्माले सबैभन्दा धेरै मसलन्द, छपाइ र प्रिन्टिङमा ९ लाख २१ हजार ७ सय ४० रुपैयाँ खर्च गरेका छन् । 

त्यस्तै, उनले खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६ सय ८९, बिजुली साउन्ड सिस्टममा २ लाख ७४ हजार ७ सय २० तथा अफिस, प्रचार प्रचार र कार्यालय भाडामा २ लाख ४० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, सवारी सधान र इन्धनमा शर्माले १ लाख ७९ हजार ८ सय ९४ रुपैयाँ, गाडी भाडामा १ लाख ५० हजार रुपैयाँ र मञ्च व्यवस्थापन, कुर्ची तथा टेन्टमा १ लाख ३१ हजार ७ सय ८० रुपैयाँ खर्च गरेको शर्माले खर्च विवरणमा उल्लेख गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK