Skip to content
LAXMI SUNRISE BANK

जमानत नै जफत भएका एमालेका वासुदेवले गरे चुनावमा १९ लाख ४६ हजार खर्च !

अर्थ सरोकार

काठमाडौँ । जमानत समेत जोगाउन नसकेका एमालेका वासुदेव घिमिरेले चुनावमा १९ लाख बढी खर्च गरेका छन् । घिमिरेले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण अनुसार उनले कुल १९ लाख ४६ हजार ३ सय रुपैयाँ खर्च गरेका हुन् ।

उनले सबैभन्दा धेरै सवारी साधनमा ५ लाख ७९ हजार २ सय रुपैयाँ, खाजा र आवासमा ४ लाख ४६ हजार, प्रचारप्रसार सामाग्रीमा २ लाख ३६ हजार, प्रतिबद्धता पत्र छपाईमा २ लाख २७ हजार खर्च गरेका छन् ।

त्यस्तै, वडास्तरीय घरदैलो कार्यक्रममा १ लाख ८० हजार, झण्डा र ब्यानरमा ६६ हजार, नमुना मतपत्र छपाईमा ५७ हजार ५ सय, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा ४४ हजार ६ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरेको घिमिरेले उल्लेख गरेका छन् ।

रुपन्देही-३ बाट उम्मेदवारी दिएका घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापासँग लज्जास्पद हार व्यहोर्नुपरेको थियो । थ्रेस होल्डसमेत कटाउन नसकेपछि उनको जमानत नै जफत भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK