काठमाडौँ । अण्डाको मूल्य घटेको छ । चुनावअघि बढेको अण्डाको मूल्य चुनाव सकिएसँगै घटेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ ।
संघका अनुसार अण्डाको मूल्य क्रेटमै ४० रुपैयाँले सस्तिएको छ । नयाँ मूल्यसूची अनुसार एक्स एल अण्डाको मूल्य ४० रुपैयाँले घटेर ४ सय ५५ रुपैयाँमा झरेको छ । यसअघि एक्स एल अण्डाको मूल्य ४ सय ९५ रुपैयाँ थियो ।
त्यस्तै, ठुलो अण्डाको मूल्य क्रेटमा ३५ रुपैयाँले घटेर ४ सय ४० रुपैयाँमा झरेको छ । यता मिडियम (मझौला) अण्डाको मूल्य पनि क्रेटमा ३५ रुपैयाँले नै घटेर ४ सय ४५ रुपैयाँबाट ४ सय १० रुपैयाँमा झरेको छ । हाल बजारमा अण्डाको खपत घटेसँगै मूल्य पनि घटेको संघले जनाएको छ ।
संघका अनुसार हाल नेपालमा दैनिक ५० लाख गोटा भन्दा बढी अण्डा उत्पादन भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्