Skip to content
LAXMI SUNRISE BANK

अधिकांश ठाउँमा सोत्तर भएपछि हारको कारण खोज्दै काँग्रेस, प्रतिवेदन तयार गर्न निर्देशन !

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नमिठो हार ब्यहोरेको नेपाली काँग्रेसले प्रत्यक्षतर्फ जम्मा १८ सिट जित्यो । अझ काठमाडौँ छोडेर सर्लाही-४ पुगेका काँग्रेस सभापति गगन थापाले नै निर्वाचनमा लज्जास्पद हार भोग्नुपर्यो । 

गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले १२ हजार बढी मतान्तरले हराएका थिए ।

थापासँगै देशभरबाट काँग्रेसकाका ‘ह्वाभी वेट’ नेता हारेपछि र काँग्रेसकै गढमा पनि पराजय भोगेपछि अहिले नेपाली काँग्रेसले हारको कारण खोज्न थालेको छ । पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले परिपत्र गर्दै प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिलाई हारको कारण पत्ता लगाएर जानकारी दिन निर्देशन दिएका छन् । 

महामन्त्रीद्वयले गरेको परिपत्र अनुसार मातहतका समितिहरुले निर्वाचनमा काँग्रेस उम्मेदवारहरुको हारको कारण पत्ता लगाएर समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK