Skip to content
LAXMI SUNRISE BANK

आइतबार टुच्च बढ्यो नेप्से, कारोबार रकम कति ?

अर्थ सरोकार

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्रीन लाइफ हाइड्रो कम्पनीको भएको छ ।

त्यस्तै, आजको बजारमा सोलु हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।

यता, दरमखोला हाइड्रो इनर्जी कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK