Skip to content
LAXMI SUNRISE BANK

सोमबार २६.०७ अंकले घट्यो नेप्से परिसूचक, बजार २७९८.८३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

य्टता, सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK