काठमाडौँ । सिटिजन्स बैंक घोटाला प्रकरणमा बैंकले रोजी कंडेल विरुद्ध प्रहरीमा जाहेरी दिएपछि कंडेलको परिवारले पनि बैंकका सीइओ गणेशराज पोखरेलविरुद्ध मुद्धा दर्ता गराएको छ । आफुलाई पढ्न नै नदिई कागजमा सहि गर्न लगाएको, र बैंकमा भएको घोटाला प्रकरणमा आफ्नो सम्पत्तिसमेत बैंकले रोक्का गरिसकेको अवस्थाआमा सहमति विपरित पहरीमा जाहेरी लिएर गएकाले तत्काल रोजी कंडेललाई पक्राउ नगर्न आदेशको माग गर्दै कंडेल परिवार अदालत गएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले पनि रोजी कंडेललाई पक्राउ नगर्न आफुहरुलाईसमेत विपक्षी बनाएर मुद्धा दर्ता भएकाले कंडेल विरुद्ध पक्राउ पूर्जी जारी नभएको पुष्टी गरेको छ । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले उजुरी प्राप्त भएपनि कंडेलका बाबु कंडेललाई पक्राउ अनुमति लिनु अगावै अदालत गएकाले पक्राउ पूर्जी जारी नभईसकेको बताए ।
फेक फाइलहरु खडा गरेर ऋण जारी भएको देखिएपछि कँडेललाई बैंकले स्पष्टीकरण सोधेको थियो । गत फागुन १२ गते स्पष्टीकरण बुझाएकी कंडेलले रकम असुल गर्नका लागि भन्दै ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको मोरङको रंगेलीस्थित कुल १ बिघा १२ कट्ठा ६ धुर जग्गा बैंकको नाममा रोक्का गर्न दिएकी थिइन् । तर त्यसको पर्सिपल्ट नै बैंक प्रहरीमा जाहेरी लिएर पुगेको थियो ।
कंडेलको परिवारले मोरङको रंगेली नगरपालिका दर्वेसा ५(५ख) कित्ता नम्बर २२ को ०–१४–६–० क्षेत्रफल, यसैगरी दर्वेशा ३(३ग) कित्ता नम्बर ४६७ को ०–८–७–२, ३(३ग) कित्ता नम्बर ५४४ को ०–६–१८–० क्षेत्रफल र दर्वेशा ३(३ग) कित्तानम्बर ४६५ को ०–२–१५–२ क्षेत्रफलको जग्गा धितोमा राखेको छ । २०८२ माघ १८ र फागुन २६ गते यी जग्गाको धितो दृष्टिबन्धक लिखत रजिष्ट्रेसन पारित गरेर रोक्का गरिएको छ । र त्यसको भोलिपल्टै अर्थात २७ गते बाँकी प्रक्रिया पूरा गरी बैंकले कंडेललाई फागुन २८ गते बर्खास्त गरेको देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्