Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंक घोटाला प्रकरण: प्रहरीमा नजाने सर्तमा कर्मचारीबाट असुलियो २०-२० लाख रुपैयाँ ! निलम्बन ९ जनालाई, जाहेरी मात्र १ लाई !

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकमा भएको घोटाला प्रकरणमा बैंकले प्रहरीकहाँ जाहेरी नदिने सर्तमा विभिन्न कर्मचारीहरुबाट जनही २०-२० लाख्र रुपैयाँ असुल गरेको पाइएको छ । २० लाख तिरे रोजी कंडेलविरुद्ध मात्र जाहेरी दिने, र नतिरे पैसा नतिर्नेहरुविरुद्ध पनि जाहेरी दिने भन्दै बैंकले विभिन्न कर्मचारीबाट २०-२० लाख रुपैयाँ उठाएको पाइएको छ ।

बैंकले सो घोटाला प्रकरणमा संलग्न भएको आरोपमा ९ जनालाई निलम्बन गरिसकेको छ । तर, ती ९ जना विरुद्ध अनुसन्धान नै नभई र को दोषी हो भन्ने ठहर नै नभई बैंकले कर्मचारीबाट पैसा असुल गरेको पाइएको छ । बैंक घोटालामा विभिन्न चरणमा रकम अनियमितता भएको र थुप्रै कर्मचारीको युजर आईडी प्रयोग भएको देखिए पनि बैंकले भने रोजी कंडेविरुद्ध मात्र प्रहरीमा जाहेरी दिएको छ ।

बैंकले भने कंडेलले सबैको जिम्मेवारी लिएकाले उनीविरुद्धमात्र जाहेरी दिएको दाबी गरेको छ । जवकि, कानुनत: यस्तो गर्न मिल्दैन ।

पटक पटक घोटाला भईरहने सिटिजन्स बैंकमा पछिल्लो समय ५ करोड रकम घोटाला भएको छ । निक्षेपकर्ताको रकम उनीहरुलाई थाहा नै नदिई, धितो बनाई, त्यस उपर ऋण लिएर स्वयम् कर्मचारीले चलाएका छन् । यो प्रकरण बाहिर नल्याउने र भित्रभित्रै सल्टाउने सहमति भए पनि रोजी कंडेलले समयमै सबै पैसा नतिरेको भन्दै बैंक प्रहरीसम्म पुगेको छ । योसँगै पछिल्लो एक बर्षको अन्तरालमा सिटिजन्स बैंकमा दुई ठुला घोटाला बाहिर आईसकेका छन् । यसअघि एफवान सफ्टको सिटिजन्स बैंकमा रहेको खाताबाट झन्डै ३ करोड रुपैयाँ गायब भएको थियो ।

आफुलाई कागज नै पढ्न नदिई सहि छाप गराएको र सहमति विपरित प्रहरीकहाँ गएको भन्दै कंडेल परिवारले भने बैंकका सीइओसहितलाई प्रतिवादी बनाएर मुद्धा दर्ता गराईसकेको छ ।

सिटिजन्स बैंक घोटाला प्रकरण: सीइओ गणेशराज पोखरेल विरुद्ध पनि मुद्धा दर्ता !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK