Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा हरियाली, सबै सूचक बढे !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचकमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ६७ करोड १६ लाख १६ हजार ५ सय ३६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको बजार सबैभन्दा धेरै नाफा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेटसहित आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल लाइफ समृद्धि लगानी योजनाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK