Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा दिउँसै पर्यो रात, झरीसँगै असिना… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका अधिकांश स्थानमा असिनासहितको पानि परेको छ । हावाहुरी र असिना पानी पर्दा काठमाडौँमा दिउँसै अध्याँरो छाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK