काठमाडौँ । काभ्रेको पाँचखालका किसानलाई अहिले आलु खन्न धमाधम छ । व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् । खेतबारीमै पुग्ने हो भने १२-१५ रुपैयाँ किलोले आलु पाइने गरेको छ ।
आलुले मूल्य नपाएपछि किसान चिन्तित छन् । आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । आलुले किन भाउ पाएन भनेर किसानहरु पनि अनभिज्ञ छन् । लामो समयपछि आलुको भाउ यति धेरै घटेको उनीहरुको अनुभव छ । किसानहरुका अनुसार गत साल आलु २५ रुपैयाँसम्म बिक्री भएको थियो । यसपालि १२ रुपैयाँसम्म झरेको छ । किसानहरु भन्छन्, ‘लगानी उठ्दैन यसपालि । बिउ र खाजा-खेतालाको मात्र लगानी उठ्छ ।’
सरकारले किसानलाई मर्का नपर्ने गरी न्यूनतम मूल्य तोक्नुपर्ने वा सरकारले नै किन्नुपर्ने किसानको भनाइ छ । उनीहरु भन्छन्, ‘हामीले मूल्य पाएका छैनौं उपभोक्ताले महँगोमा किन्नुपर्छ । यो कुरामा बालेन सरकारले ध्यान देओस् । आलुमा मात्र होइन अरु कृषि उत्पादनको पनि यस्तै समस्या छ ।’ बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्