Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १४.२१ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १३ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्गस मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK