काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा रिलायन्स स्पिनिङ्स मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ २.३१, विकास बैंक ३.१८, वित्त ३.०३, होटल तथा पर्यटन २.१२, जलविद्युत् २.८१, लगानी २.६७ र जीवन बिमा २.०२ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.३९, लघुवित्त १.९९, म्युचुअल फण्ड ०.९७, निर्जीवन बिमा २.२२, व्यापार ३.९६ र अन्य समूह ५.२६ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्