Skip to content
LAXMI SUNRISE BANK

बर्खायाममा सर्पको बिगबिगी, कुन सर्प कति विषालु ? (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ ।  सानै बाट हामीलाई सर्प भन्ने बित्तिकै ४ कोश टाढा भाग्न सिकाएको भएर होला सर्प भन्ने बित्तिकै धेरै जसो मान्छेको मनमा एक किसिमकाे डर बसेको हुन्छ । सर्पसँगको हाम्रो डर जन्मजात नभएर धेरै पछाडि मात्र विकास भएकाे कुरा हो ।

हुनपनि संसार भरी बर्सेनी १००० जना भन्दाबढीको ज्यान सर्पकाे टाेकाईकाे कारणले जाने गर्छ । अझै धेरै मान्छेहरुलाई त सबै सर्प विषालु हुन्छन् र टोक्ने बित्तिकै मरिन्छ भन्ने लागेकाे पाइन्छ । तर, संसार भरी पत्ता लागेका ३४०० भन्दा बडी सर्प मध्य करिव ७०० मात्र विषालु हुन्छन र त्यसमा पनि करिब २०० वटा सर्पमा मात्र मान्छेको ज्यान लिन सक्ने विष हुन्छ ।

नेपालमा भने अहिले सम्म ८९ प्रजातिको सर्प अभिलेख भएका छन् भने ति मध्य १८ ओटा सर्प मात्र मन्छेको ज्यान लिनसक्ने विष भएका हुन्छन् । नेपालमा पाइने विषालु सर्पहरु मध्य किङ कोब्रा (राज गोमन) र ब्यन्डेड करेत्( लक्ष्मी नाग) त संसारकै सबै भन्दा खतरनाक विष भएका सर्प मध्य पर्छन् । तर यो दुबै सर्प निकै लजालु स्वभावका हुन्छन् र अरु सर्पहरु खाएर आफ्नो पेट पाल्ने गर्छन । त्यही कारणले उनीहरु आफ्नो विष अनावश्यक रुपमा खेर फाल्न चाहँदैनन् र यी दुबै सर्पले टोकेर मन्छेको मृत्यु भएका घाटना निकै कम भेटिन्छन् ।

अझै केहि प्रजातीका सर्पहरुले त विष खेर फाल्न नचाहेएर सुखा टोकाइ पनि गर्ने गर्छन् । हाम्रो पर्यावरणमा मुसा, व्यागुत्ता, छेपारा,चरा हरुको पनि सङ्ख्या स्थिर राख्न सर्पहरुको निकै ठुलो भूमिका छ । नेपालमा समान्यतया पाइने विषालु सर्पहरु गोमन्, करेत्, हरेउ, बाघे सर्प आदि हुन् ।

खेती योग्य जमिनको अभाव पानीको मुहानहरुमा फोहोर, सवारिसाधनहरुसँगको ठक्कर, मान्छेले देख्यो कि मार्ने प्रवृत्ति जस्ता घटनाहरुले सर्प सम्रक्षणमा समस्या आइरहेको छ । यदी सर्प सम्रक्षणमा समयमै ध्यान नदिने हो भने भविष्यमा हाम्रा खेतहरु मुसाहरुले भरिनेछन् र खोलानाला भ्यागुताले, जस्ले हाम्रो खेती किसानी र पर्यावरणमा ठुलो नकारात्मक असर पर्ने छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK