Skip to content
LAXMI SUNRISE BANK

नेप्से परिसूचक १०५.५० अंकले घट्यो, सबै सूचक राताम्य !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्ग मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK