Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा हरियाली, १० अर्ब ९२ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्गसको भएको छ । यस कम्पनीको १ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ८.५% लक्ष्मी बैंक डिबेन्चर (ऋणपत्र) २०८८का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK