काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १२ घर भएका २५ वर्षीय आयुष कार्की र डोटीको आदर्श गाउँपालिका घर भई हाल काठमाडौँ बस्दै आएका २७ वर्षीय किरण ताम्राकार रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत २२ गते पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्कीले सर्बिया पठाउने भन्दै एक जनाबाट १८ लाख ९० हजार रुपैयाँ र ताम्राकारले जर्जिया पठाउने भन्दै १ जनाबाट ३ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्