काठमाडौँ । भृकुटी स्टक ब्रोकर कम्पनी (ब्रोकर नम्बर ५५) निलम्बनमा परेको छ । व्यवसायी दीपक भट्टलाई उधारोमै १९ लाख कित्ता सेयर किनिदिएको तथ्य फेला पारेपछि धितोपत्र बोर्डले कम्पनीलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।
बोर्डले गरेको अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टले ब्रोकर नं. ५५ बाट नेपाल पुनर्बीमा कम्पनीको सेयर खरिद गरेको देखिन्छ । तर, ब्रोकरले सो को भुक्तानी नै नलिई दीपक भट्टको नाममा सेयर हस्तान्तरण गरेको देखिएको छ । यतिसम्म कि उक्त ब्रोकरले सेयर कारोबार गर्दा अनिवार्य रुपमा राख्नुपर्ने २५ प्रतिशत कोल्याटरल समेत ‘लोड’ नगरी कारोबार गर्न दिएको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, मनोजकुमार लाल कर्णको समेत लगानी रहेको उक्त ब्रोकरले हिमालयन रि-इन्स्योरेन्स, हिमालयन लार्ज क्याप फण्ड, हिमालयन सेक्युरिटिज बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्सले गरेको सेयर कारोबारमा पनि लामो समयदेखि ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको फेला परेको छ ।
यसरी धितोपत्र ऐनको धज्जी उडाउँदै ब्रोकरले नियम विपरीत काम गरेको फेला परेपछि बोर्डले अन्ततः ब्रोकरलाई ३ महिना निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनसँगै भृकुटी स्कट ब्रोकरलाई धितोपत्र ऐन अनुसार आर्थिक जरिवाना गर्ने समेत बोर्डले निर्णय गरेको छ ।
३ महिना निलम्बन र आर्थिक जरिवानासँगै बोर्डले ब्रोकरका व्यवस्थापन प्रमुख तथा सञ्चालकसँग स्पष्टीकरण माग गर्ने पनि निर्णय गरेको छ ।
यता निलम्बनमा परेपछि निलम्बन अवधिभर ब्रोकरले कुनै पनि सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त ब्रोकरबाट सेयर कारोबार गर्दै आएका लगानीकर्ताहरुले अब सेयर कारोबार गर्न अर्को ब्रोकर रोज्नुपर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्