काठमाडौँ । सेयर बजारमा ‘सर्किट ब्रेकर’मा नयाँ नियम लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को संशोधन प्रस्ताव स्वीकृत गरेसँगै ‘सर्किट ब्रेकर’मा पनि नयाँ नियम लागू हुने भएको हो ।
नयाँ नियम अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ ।
त्यस्तै, पहिलो ‘सर्किट ब्रेक’ लागेर पुनः खुलेको बजार ८ प्रतिशतले बढे वा घटेमा उक्त दिनका लागि कारोबार पूर्ण रुपमा बन्द हुनेछ । यसअघि नेप्सेमा ४ प्रतिशतमा पहिलो ब्रेक, ५ प्रतिशतमा दोस्रो ब्रेक र ६ प्रतिशत दिनभरका लागि बजार बन्द हुने व्यवस्था गरिएको थियो ।
तर, अब भने ४ प्रतिशतलाई हटाएर ५ प्रतिशत पुर्याइएको छ भने अन्तिम ६ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याइएको छ ।
धितोपत्र बोर्डले उक्त संशोधन प्रस्ताव स्वीकृत गरे पनि लागू भने भइसकेको छैन । अब बोर्डले संशोधित विनियमावलीको आधिकारिक पत्र नेप्सेमा पठाउनेछ । पत्र पाएपछि नेप्सेको सञ्चालक समितिको बैठकले नयाँ व्यवस्था कार्यान्वयनको निर्णय गर्नेछ । सोही अनुसार नयाँ नियम लागू हुने नेप्सेका एक उच्च अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्